२४ जेठ २०८३, आइतबार

ओबामा, बुश र क्लिन्टनले प्रत्यक्ष प्रसारण गर्दै कोरोनाको खोप लिने

मंसिर १८, २०७७
ओबामा, बुश र क्लिन्टनले प्रत्यक्ष प्रसारण गर्दै कोरोनाको खोप लिने

अमेरिकाका पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनले कोरोनाभाइरसको खोप लिएको प्रत्यक्ष प्रसारण गर्ने बताएका छन् । 

४२ प्रतिशत अमेरिकीहरूले खोप नलिने भनेकोमा खोपप्रति मानिसहरूको विश्वास जगाउनका लागि उनीहरूले प्रत्यक्ष प्रसारणमा खोप लिने भएका हुन् ।

द जो म्याडिसन शोमा एक अन्तर्वार्ताका क्रममा ओबामाले खोपको विज्ञानमा मानिसको रुचि जगाउन चाहेको बताए । 

‘म खोप लिन्छु र टीभीमा देखिएरै लिन सक्छु वा यसको भिडियो लिन सक्छु । मानिसले विज्ञानमा विश्वास गरून् भन्नका लागि मैले यसो गर्न लागेको हो,’ उनले भने ।

ओबामाका साथै अन्य दुई पूर्व राष्ट्रपतिले पनि खोपमा विश्वास जगाउन सचेतना अभियानमा सफल हुने बताएका छन् । 
 

बुशका चीफ अफ स्टाफ फ्रेड्डी फोर्डले डा एन्थोनी फाउची र डा डेबोराह बिर्क्ससँग बुशले कुरा गरेको र खोपको प्रवर्द्धन गर्न आफूले गर्न सक्ने सबै सहयोग गर्ने बताएको जानकारी दिए । 

बिल क्लिन्टनका प्रेस सेक्रेटरीले पनि क्लिन्टनले खोप अवश्य लिने बताए । 

विभिन्न सर्वेक्षणहरूमा धेरै अमेरिकीहरूले खोप लिन हिचकिचाएको पाइयो किनकि हतारहतारमा यो ल्याइएको उनीहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्