
पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख २० हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १११ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
कोरोनाले थप १३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ ।