
बाग्लुङ, ९ पुस - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले काँग्रेसले अहिले माओवादीलाई नाम्लो लगाएर बोकेर हिँडेको बताएका छन । नेकपा एमाले बाग्लुङको आठौं जिल्ला अधिवेशन शनिबार बाग्लुङमा उद्घाटन गदै ओलीले काँग्रेस हामी मिलेर लोकतन्त्रका लागि धेरै संघर्ष गरेको हो, संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकारमा आउने भनेको काँग्रेस इमानमा बस्न सकेन, अहिले माओबादीको पछाडि लागेको छ । उनले बर्तमान प्रचन्ड नेतृत्वको सरकार विदेशीले बनाएको आरोप लगाएका छन ।
देश विदेशीको ईसारामा चलेका कारण सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पारित हुन नदिने घोषणा गरेका छन् । नेपालीले बनाएको सरकार भए पो नेपालीको चिन्ता हुन्छ, अरुले बनाईदिएको सरकार अरुकै चिन्ता गर्दैछ, ओलीले भने ।’
संविधान जारी गर्दा संगै रहेको काँग्रेस इमानमा अड्न नसकेको ओलीले जिकीर गरे । संविधान संशोधन नेपाली चाहाना नै नभएकाले पारित हुन नदिने बताएका हुन् । यो संविधान संशोधनको प्रस्ताव नेपालीको चाहाना र आवश्यकताले आएको हुँदै होईन्, ओलीले भने तपाईहरु भ्रममा नपर्नुस् यो पारित हुन हामी दिँदैनौ ।
हामीलाई भोटिङ आईज भनेर उक्साईरहेका छन्, यो राष्ट्रियतासंगको सवाल हो, यसमा कुनै भोटिङ हुँदैन, ओलीले भने ।’ अहिले एमालेको बारेमा गलत हल्ला फिजाईएको ओलीको आरोप छ । संविधान संशोधन हुन नदिने एमाले मधेसी विरोधी हो भनेर चर्चा चलाईएको छ, । यो ढुक्क हुनुहोस भ्रम मात्र हो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल धेरै बोल्न थालेको बताए । उहाँ धेरै बोल्न थालेको साथीहरुले गुनासो गर्नहुन्छ,’ उनले भने, देशमा धेरै उपद्रो मच्चाएको मान्छे यत्तीको बोल्नु ठिकै हो ।
पुर्व प्रधामन्त्री समेत रहेका ओलीले प्रदेश नम्बर ५ का जनताको भावना विपरीत पहाडलाई तराईबाट अलग गर्न खोजिएको भन्दै यो मधेसी जनताको माग नभएको जिकीर गरे ।
निर्वाचन गरेर संविधान कार्यान्वयन बेला सरकारले संविधान कार्यान्वयनसंग कुनै सम्बन्ध नै नभएको संविधान संशोधन प्रस्ताव ल्याएर निर्वाचन नगर्ने षडयन्त्रमा लागेको गरे ।
‘