१० साउन २०८३, आइतबार

नेकपा बैठकको दृश्य : ओली नगएपछि मञ्चमा राखिएको एउटा कुर्सी खाली

मंसिर २१, २०७७
नेकपा बैठकको दृश्य : ओली नगएपछि मञ्चमा राखिएको एउटा कुर्सी खाली

झण्डै ३ महिनापछि नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार दिउँसो बैठक शुरू भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित छैनन् । 

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सहभागी छन् । पार्टी विवाद जटिल मोडमा पुगेको बेला नेकपा स्थायी कमिटी बैठक शुरू भएको छ ।

ओली सहभागी नभए पनि उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत ओली पक्षीय नेताहरू भने बैठकमा सहभागी छन् । 

बैठकमा अध्यक्षका लागि राखिएको एउटा कुर्सी खाली छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठकको अध्यक्षता प्रचण्डले गरिरहेको जानकारी दिए ।

यसअघि गत असार १० गते शुरू भई भदौ २६ गते सकिएको बैठकले पार्टीको विवाद अल्पकालका लागि मिलाएको थियो । ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी भदौ २६ गतेको बैठकले कार्यविभाजन गरेको थियो । 

भदौ २६ गतेको सहमति ओलीले कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आरोप प्रचण्ड पक्षले लगाउँदै आएको छ । स्थायी कमिटी बैठकमा यसअघि सचिवालयमा पेश गरिएका प्रस्तावमाथि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

स्थायी कमिटी बैठकलगत्तै मंसिर २५ गतेदेखि नेकपा केन्द्रीय कमिटी बैठक बस्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्