३० असार २०८३, मंगलबार

युनाइटेडलाई हराउँदै लेस्टर सिटी शीर्ष चारमा

मंसिर २२, २०७७
युनाइटेडलाई हराउँदै लेस्टर सिटी शीर्ष चारमा

शेफिल्ड युनाइटेडलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा  पुगेको छ । 

लिग अन्तर्गत आइतवार राति भएको खेलमा लेस्टर सिटीले पुछारको शेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लेस्टरका लागि एयोजे पेरेजले २४ औँ तथा जेमी भर्डीले ९० औँ मिनेटमा गोल गरे । शेफिल्ड युनाइटेडका लागि २६ मिनेटमा ओली म्याकब्रायनले एक गोल फर्काए ।

जितपछि चौथो स्थानमा पुगेको लेस्टर सिटीको ११ खेलबाट २१ अंक भएको छ। उ शीर्ष दुईका टोटनह्याम र लिभरपुल भन्दा तीन र तेस्रो स्थानको चेल्सी भन्दा एक अंकले पछि रहेको छ ।

पुछारको शेफिल्डको ११ खेलबाट एक अंक मात्रै छ ।

salt training

कमेन्ट गर्नुहोस्