०८ साउन २०८३, शुक्रबार

नेपाल भारतबीच वाणिज्य सचिवस्तरीय वार्ता शुरू, व्यापार र आर्थिक सम्बन्धको समीक्षा गरिने

मंसिर २२, २०७७
नेपाल भारतबीच वाणिज्य सचिवस्तरीय वार्ता शुरू, व्यापार र आर्थिक सम्बन्धको समीक्षा गरिने

 नेपाल र भारतबीच व्यापार तथा पारगमनसम्बन्धी अन्तर सरकारी समितिको बैठक शुरू भएको छ । 

दुई देशका वाणिज्य सचिवहरूको नेतृत्वमा सोमवार बैठक शुरू भएको हो । 

बैठकमा नेपालको नेतृत्व सचिव बैकुण्ठ अर्यालले गरेका छन् । 

बैठकले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढ्ने बताइएको छ । 
नेपालस्थित भारतीय दूतावासले यस बैठक सर्वोच्च द्वीपक्षीय संयन्त्र भएको बताएको छ । 

बैठकबारे जानकारी गराउँदै दूतावासले द्वीपक्षीय व्यापार र आर्थिक सम्बन्धको समीक्षा गर्ने र अगाडि बढाउने मार्ग तयार पार्नका निम्ति बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्