०३ असार २०८३, बुधबार

शंखरापुर नगरपालिकामा एमाले अगाडि

कात्तिक २०, २०७४
शंखरापुर नगरपालिकामा एमाले अगाडि


काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।

मेयरमा एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठ ३३८ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रका कृष्णराज सुवेदी २३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै कांग्रेसका शंकर तिवारीले १५१ अनि राप्रपाका मिजेन्द्रकाजी श्रेष्ठले २६ मत पाएका छन् ।

उपमेयरमा पनि एमाले नै अग्रस्थानमा छ । एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ३५१ मतका साथ अघि छिन् भने माओवादीकी इन्द्रकुमारी तामाङले २५८ मत पाएकी छन् । कांग्रेसकी मञ्जु खड्का १४७ मतका साथ तेस्रो स्थानमा छिन् ।


salt training

कमेन्ट गर्नुहोस्