
सोमबार प्रखर वक्ता रमेश प्रसाई पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत वैवाहिक बन्धनमा गाँसिने घोषणा गरेका प्रसाईले कालिकोटकी नन्दा सिंहसँग विवाह गरेका हुन् ।
विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज धरानामा बिहे गरेका छन् । कालिकोटको महावै गाउँपालिका डिल्लीकोटकी सिंहले बालगृह सञ्चालन गरेकी छन् । अनाथ बालबालिकालाई आश्रय दिन उनले अन्तरदृष्टि नेपाल संस्था सञ्चालन गरेकी छन् ।
प्रखर वक्ता मात्रै होइन केही साताअघि सुरेश गन्धर्वको ‘रिङ्केबुङ्को राँगो’ भन्ने गीतमा स्वर दिएर रमेश चर्चित बनेका छन् ।