३० जेठ २०८३, शनिबार

प्रियंका चोपडा सहितका दर्जनौं बलिउडकर्मी भारतीय किसान आन्दोलनको पक्षमा

मंसिर २३, २०७७
प्रियंका चोपडा सहितका दर्जनौं बलिउडकर्मी भारतीय किसान आन्दोलनको पक्षमा

किसान आन्दोलनमा कैयौं बलिउड स्टारहरुले साथ दिएका छन् । केन्द्रीय सरकारले पारित गरेको कृषि कानुन खारेजीको माग गर्दै १३ दिनदेखि सडकमा किसानहरु आन्दोलनमा छन् ।

हालै बलिउड अभिनेत्री सोनम कपुरले पनि किसान आन्दोलनका केही तस्वीर पोस्ट गरेकी छन् । तस्वीरका साथ उनले किसान सभ्यताको प्रतिक भएको बताएकी छन् । 

उनले भनेकी छन्, ‘जबसम्म खनजोत हुँदैन तबसम्म दोस्रो काम चल्न सक्दैन, त्यसैले किसान हाम्रो सभ्यताको संस्थापक हुन् ।’

सोनम कपुरले लेखेको यो भावुक लाइन मसहुर अमेरिकन वकिल तथा नागरिक अभियान्ता ड्यानियल वेबस्टरेको हो । 

कृषि कानुनविरुद्ध १३ दिनदेखि किसान सडकमै बास बसेर आन्दोलनरत छन् । बलिउडको कुरा गर्दा अहिलेसम्म कैयौं स्टारहरुले किसान आन्दोलनलाई समर्थन जनाएका छन् ।

यसमा स्वरा भास्कर, सोनु सुद, ऋचा चढ्डा, तापसी पन्नु, दिलजीत दोसाँझ, अनुभव सिन्हा, विशाल ददलानी, मिका सिंह र प्रियंका चोपडासहित अन्य कलाकार पनि सामील छन् ।

यससँगै सोनमको पनि समर्थन आएको हो । पहिला प्रियंका चोपडाले दिलजीत दोसाँझको एक ट्वीटलाई रिट्वीट गर्दै किसान भारतको खाद्य सैनिक भएको लेखेकी छन् ।

उनले भनेकी छन्, ‘किसान हाम्रो देशका खाद्य सैनिक हुन् । उनको चिन्तालाई समाधान गर्न आवश्यक छ ।’

किसानको अपेक्षामा खरो उत्रन जरुरी रहेको भन्दै उनले एक सम्पन्न लोकतन्त्रको रुपमा यो संकट छिट्टै सकिनेमा सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

यस्तै दिलजीतले पनि एक ट्वीट गर्दै आन्दोलनको तस्वीर साझा गरेका थिए । एक तस्वीरमा किसान प्रहरीलाई खाना खुवाउँदैछन् र दोस्रोमा प्रहरी किसानलाई ।

यसमा दिलजीत लेखेका छन्, ‘प्रेमको कुरा गर्नुहोस् । धर्म कुनै पनि लडाइँका लागि सिकाउँदैन । भारत यस कारण दुनियाँमै अलग हो, किनकी यहाँ सबै प्रेमपूर्वक रहन्छन् । हरेक धर्मको सत्कार गरिन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्