
मुलुकका सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका घरपरिवारमा विद्युत पहुँच रहेको र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको पाइएको छ ।
गण्डकीका ९८.९ प्रतिशत घरपरिवारमा विद्युतको पहुँच छ भने कर्णालीमा ४४.९ प्रतिशतमा मात्र विद्युत सेवाको पहुँच छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार ८९.९ प्रतिशत नेपाली घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ ।
यस्तै, नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा स्थिर टेलिफोन र मोवाइल फोन गरि टेलिफोन सुविधाको पहुँच रहेको खबर कारोबार दैनिकमा छ ।