
साबिक विजेता फ्रान्सले युरोपेली क्षेत्रको विश्वकप छनोटमा युक्रेनलगायतका राष्ट्रसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
सोमबार स्विट्जरल्यान्डको जुरिचमा भर्चुअलबाट गरिएको युरोप क्षेत्रको फिफा विश्वकप छनोट ‘ड्र’ मा फ्रान्स र युक्रेनसहित समूह ‘डी’ मा फिनल्यान्ड, बोस्निया र काजखस्तान परेका छन् ।
युरोपियन च्याम्पियन पोर्चुगलसहित समूह ‘ए’ मा सर्बिया, गणतन्त्र आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजान छन् । सहभागी ५५ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । त्यसमा प्रत्येक समूहको विजेता सोझै विश्वकपमा पुग्ने छन् । त्यसबाहेक प्लेअफबाट ३ गरी कतार विश्वकपमा युरोपका १३ राष्ट्रले खेल्नेछन् । आयोजकको हिसाबमा कतार सोझै छनोट भइसकेको छ ।
सन् २०२१ को मार्चबाट छनोट चरणको खेल सुरु हुनेछ । विश्वकपका खेलहरू २०२२ को नोभेम्बरमा हुनेछ । कतारमा अत्यधिक गर्मी हुने भएका कारण पहिलो पटक विश्वकप मे–जुन–जुलाईमा छाडेर अर्को महिनामा गर्न लागिएको हो । कतारमा विश्वकप सुरु हुन ७ सय १३ दिन बाँकी रहेको छ ।
सन् २०२१ को नेसन्स लिगको फाइनल खेल्नेक्रममा रहेका बेल्जियम, फ्रान्स, इटाली र स्पेनको समूहमा ५ टोली रहने पहिलै नै तय गरिएको थियो । स्पेन समावेश समूह ‘बी’ मा स्विडेन, ग्रिस, जर्जिया र कोसोभो परेका छन् ।
इटाली समावेश समूह ‘सी’ मा स्विट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुवानिया छ भने बेल्जियम समावेश समूह ‘ई’ मा वेल्स, चेक गणतन्त्र, बेलारुस र इस्टोनिया रहेका छन् ।
पोर्चुगल समावेश समूह ‘ए’ बाहेक अन्य सबै समूहमा ६–६ टोली रहेका छन् ।
युरोपेली क्षेत्रको विश्वकप छनोट चरण समूह
समूह ‘ए’
पोर्चुगल
सर्बिया
गणतन्त्र आयरल्यान्ड
लक्जेम्बर्ग
अजरबैजान
समूह ‘बी’
स्पेन
स्विडेन
ग्रिस
जर्जिया
कोसोभो
समूह ‘सी’
इटाली
स्विट्जरल्यान्ड
उत्तरी आयरल्यान्ड
बुल्गेरिया
लिथुवानिया
समूह ‘डी’
फ्रान्स
युक्रेन
फिनल्यान्ड
बोस्निया
कजाखस्तान
समूह ‘ई’
बेल्जियम
वेल्स
चेक गणतन्त्र
बेलारुस
इस्टोनिया
समूह ‘एफ’
डेनमार्क
अस्ट्रिया
स्कटल्यान्ड
इजरायल
फारोइ आइल्यान्ड्स
माल्दोभा
समूह ‘जी’
नेदरल्यान्ड्स
टर्की
नर्वे
मोन्टेनेग्रो
लात्भिया
जिब्राल्टार
समूह ‘एच’
क्रोएसिया
स्लोभाकिया
रुस
स्लोभानिया
साइप्रस
माल्टा
समूह ‘आई’
इंग्ल्यान्ड
पोल्यान्ड
हंगेरी
अल्बानिया
अन्डोरा
सान मारिनो
समूह ‘जे’
जर्मनी
रोमानिया
आइसल्यान्ड
उत्तरी म्यासेडोनिया
अर्मेनिया
लिचेटिन्स्टन । कान्तिपुर दैनिकमा खबर छ ।