०१ असार २०८३, सोमबार

सफल बन्ने यी १० सुत्र, तपाइँलाई नि काम लाग्न सक्छ

मंसिर २३, २०७७
सफल बन्ने यी १० सुत्र, तपाइँलाई नि काम लाग्न सक्छ

अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका धनी व्यक्ति मानिन्छन् । 

आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ ।

यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्