२१ असार २०८३, आइतबार

सुशान्त प्रकरणबारे सुप्रिम कोर्टमा सिबिआई विरुद्ध मुद्दा

मंसिर २३, २०७७
सुशान्त प्रकरणबारे सुप्रिम कोर्टमा सिबिआई विरुद्ध मुद्दा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे जाँच सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध तर्फबाट सुप्रिम कोर्टमा एक अपिल दायर भएको छ ।

अधिवक्ता बिवित ढाडाका तर्फबाट दायर गरिएको अपिलमा सुप्रिम कोर्टबाट एजेन्सीलाई दुई महिनाको जाँच पूरा गर्ने सम्बन्धमा एक रिपोर्ट पेश गर्न निर्देशन जारी गरेको छ ।

अपिलकर्ताले करिब चार महिनाअघि शीर्ष अदालतले सिबीआईलाई राजपूतको मृत्युबारे अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

सुशान्तको १४ जुनमा मुस्मिबईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएका थिए । 

अपिलकर्ताले भनेका छन्, ‘शीर्ष अदालतले देशको प्रमुख जाँच एजेन्सीमाथि गम्भीर विश्वास व्यक्त गर्दै अभिनेताको अप्राकृतिक मृत्युबारे अनुसन्धानका लागि निर्देश दियो, किनकी उनको मृत्युले पूरै देशलाई हल्लाएको थियो । र यहाँसम्म कि विदेशमा पनि प्रशंसकलाई राजपूतको अप्राकृतिक मृत्युबाट झट्का लागेको थियो ।’

अपिलकर्ताले अदालतले १९ अगस्त, २०२० मा सिबिआईलाई जाँचका  लागि पारित गरेको थियो । अहिले लगभग चार महिना बितिकिसकेपछि पनि सिबिआई आफ्नो जाँच पूरा गर्न नसकेको उनले बताएका छन् ।

यसमा सुशान्तको मृत्युबारे उनका परिवारका सदस्यका साथै उनका प्रशंसकलाई अहिलेसम्म उनको मृत्युबारे सटिक कारण पत्ता लगाउन नसकेको बताइएको छ । अपिलकर्ताले अदालतलाई अब यो जाँचका लागि अब दुई महिनाको समय निर्धारित गर्नुपर्ने पनि बताएका छन् ।

ताकि समयमै निष्कर्ष निकाल्न सकियोस । यस्तै, शीर्ष अदालतसँग अब सिबिआईलाई जाँच सम्बन्धमा रिपोर्ट पेश गर्न निर्देशन दिन पनि अनुरोध गरिएको छ । 
अपिलकर्ताले भनेका छन्, ‘सिबिआई वर्तमान घटनाको जिम्मेवारीपूर्ण तरिकाले काम गरिरहेको छैन । र जाँच सक्याउन ढिलाई भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्