२९ जेठ २०८३, शुक्रबार

बच्चामा बढ्नसक्छ आँखाको समस्या

मंसिर २३, २०७७
बच्चामा बढ्नसक्छ आँखाको समस्या

कोरोना महामारीका कारण अधिकांश विद्यालय अहिले पनि बन्द छन् । लामो समयको लकडाउनपछि विद्यालय खुलाउने तयारी गरिए पनि अझै अधिकांश विद्यालयमा बालबालिकामाथि जोखिम नै छ ।

यस्तोमा अहिले बालबालिकाका सबै कक्षा अनलाइन केन्द्रित छन् । यस्तै, अनलाइन क्लास मात्रै होइन, घरभित्रै बस्दा मोबाइल तथा कम्प्युटरमा गेम खेल्न व्यस्त हुन्छन् ।

अधिकांश समय मोबाइल र कम्प्युटरमा बस्दा बालबच्चाको आँखामा समस्या आउने जोखिम बढी हुन्छ । 

एक अध्ययनका अनुसार अहिले सातामा करिब ४० प्रतिशत बच्चाको आँखामा समस्या देखिएको छ । नजिकबाट कुनै वस्तुलाई देख्ने गरेका कारण आँखामा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

घरबाहिर निस्कन नपाउँदा बालबच्चा मोबाइल या कम्प्युटरमै व्यस्त देखिन्छन् । जसकारण आँखामा समस्या देखिन थालेको हो । 

स्मार्टफोनको प्रयोगले बच्चको आँखामा चिलाउने, पोल्ने समस्या देखिन थाल्छ । ध्यान लगाउन मुस्किल हुने र आँखा दुख्ने समस्या देखिने अध्ययनमा बताइएको छ । 

नेत्र विशेषज्ञका अनुसार लकडाउनका कारढा दैनिक १० घण्टासम्म इलोक्ट्रोनिक डिभाइसँग बच्चा जोडिन्छन् । या त अनलाइन कक्षामा रहने वा कार्टुन देखिरहन्छन् ।

मातापितालाई उनलाई व्यस्त राख्नका लागि राम्रो उपाय मान्छन् । तर, यसले बालबच्चाको आँखामा गम्भीर समस्या निम्त्याउने नेत्र विशेषज्ञले चेतावनी दिएका छन् । 

यसबाट बच्नका लागि आँखाको एक्सारसाइजमा ध्यान दिन, टिभी, कम्प्युटर वा मोबाइल फोनको स्क्रीनबाट केही समयका लागि भए पनि बालबच्चालाई टाढा राख्न चिकित्सकले सुझाव दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्