२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक

मंसिर २३, २०७७
प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

देशका विभिन्न ठाउँमा पूर्व राजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले मंगलवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बैठकमा बोलाइएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वदलीय बैठक बोलाइएको जानकारी गराए पनि एजेण्डा खुलाएका छैनन् ।

एक महिनायता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृह जिल्लामा पनि राजावादीको वृहत प्रदर्शन भएको थियो । 

आइतवार मात्र नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले गणतन्त्रविरुद्ध राजावादीको प्रदर्शनबारे विशेष प्रस्तावमा छलफल गर्न नेकपाका अध्यक्षद्वयलाई पत्र दर्ता गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्