१० साउन २०८३, आइतबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू, प्रचण्ड पनि सहभागी

मंसिर २३, २०७७
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू, प्रचण्ड पनि सहभागी
फाइल फोटो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीहरूको प्रदर्शनबारे छलफल गर्न सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलवार सर्वदलीय बैठक शुरू भएको हो । 

देशका विभिन्न ठाउँमा पूर्वराजावादीको प्रदर्शन बढेपछि यसबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू बैठकमा सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका अलावा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा.प्रकाशशरण महत, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव, नेमकिपाका तर्फबाट प्रेम सुवाललगायत सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् । 

एक महिनायता देशका विभिन्न स्थानमा राजावादीहरूको प्रदर्शन भइरहेका छन् । गत शनिवार प्रधानमन्त्री ओलीको गृहजिल्लामा पनि राजावादीको वृहत प्रदर्शन भएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण र नयाँ नक्सा जारी गर्ने बेलामा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।  

नेकपा अध्यक्ष पुष्पकमल ,वरिष्ठ नेता माधव कुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,कृष्ण सिटौला,डा.प्रकाशशरण महत, नेमकिपाको तर्फबाट प्रेम सुवाल,जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव

salt training

कमेन्ट गर्नुहोस्