
भेनेजुएलामा आइतवार सम्पन्न आमनिर्वाचनमा राष्ट्रपति निकोलास मदुरो पुनः विजयी भएका छन् ।
सात वर्ष राष्ट्रपति रहिसकेका मदुरोले विपक्षीको नियन्त्रणमा रहेको संसद् नियन्त्रणमा लिने सबैको अपेक्षा थियो ।
प्रमुख चार विपक्षी दलहरूले बहिष्कार गरेको तथा पर्यवेक्षकहरूले आलोचना गरेको निर्वाचनमा मदुरोको युनाइफाइड सोसलिस्ट पार्टी तथा अन्य सरकारसमर्थक दलहरूले प्रचण्ड बहुमत ल्याएका छन् । उनीहरूले ६७.६ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
यस्तो परिणामको अपेक्षा गरिएको भए पनि मदुरोलाई सत्ताच्युत गर्नका लागि विपक्षीहरूलाई थप असहज स्थिति आएको छ ।
सन् २०१९ देखि विपक्षी नेता खुवान गुआइदोले संसद् प्रमुखका रूपमा संविधानलाई उद्धृत गर्दै भेनेजुएलाको अन्तरिम राष्ट्रपतिमा दाबी गरिरहेका छन् । संविधानले राष्ट्रपतिलाई हटाइएमा संसद् सभामुख अन्तरिम राष्ट्रपति बन्ने प्रावधान राखेको छ । अमेरिका सहित लगभग ६० मुलुकले गुआइदोको दाबीलाई समर्थन गर्दै पोहोर साल उनैलाई राष्ट्रपतिको पहिचान दिएका थिए ।
विगत दुई वर्षदेखि गुआइदोले मदुरोलाई हटाउनका लागि प्रयास गरिरहेको भए पनि त्यसका खासै असर परेको देखिएको छैन । अझ गुआइदोले संसद्को नियन्त्रण पनि गुमाएपछि त झन् मदुरोलाई चुनौती दिने कोही पनि नहुने भएको छ ।
यी मतपरिणामले भेनेजुएलाको विपक्षी मोर्चामा ठूलै परिवर्तन ल्याउनेछ । मदुरोका विरोधी दलहरूले गरेको गुआइदोलाई समर्थन गर्नु भेनेजुएलाको राजनीतिमा अभूतपूर्व घटना थियो । तर विपक्षी गठबन्धनमा चिरा देखापर्न थालेका छन् ।