०३ साउन २०८३, आइतबार

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली: 'संविधानविरोधी क्रियाकलापविरुद्ध एकजुट होऔं'

मंसिर २३, २०७७
सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली: 'संविधानविरोधी क्रियाकलापविरुद्ध एकजुट होऔं'

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग मंगलवार बालुवाटारमा भएको सर्वदलीय छलफलमा ओलीले संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएका सहभागी एक नेताले जानकारी दिए ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीहरुको प्रदर्शनका विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

बैठकमा प्रमुख प्रतिवपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत सहभागी छन् ।

आफ्नो लिखित धारणा राखेर देउवा बाहिरिएका छन् । एक महिना यता देशका विभिन्न स्थानमा राजावादीका प्रदर्शन भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्