
गर्भवतीमा योग गर्नाले स्वास्थ्य मात्रै होइन, मुड पनि राम्रो हुन्छ । योग शरीर स्वस्थ राख्नका लागि मात्रै होइन, शरीरमा हुने लेबरका लागि पनि तयार गर्दछ । केही योगासन पेल्विक मसल्सको बजबुत बनाउँछन् जसका कारण नर्मल डेलिभरीका लागि सहज हुन्छ ।
नर्मल डेलिभरीका लागि योगासनले स्वास्थ्यलाई सही राख्छ । योग प्रेग्नेन्सीमा सुरक्षित मानिन्छ योगासन । प्रेग्नेन्सीका बेला अधिकांश महिला नर्मल डेलिभरी नै चाहान्छिन् । तर केही समस्याका कारण चिकित्सकबाट सर्जरी गर्न बाध्य हुन्छिन् । प्रेग्नेन्सीका बेला यदि शरीर स्वस्थ भयो भने यस प्रकारका समस्याबाट बच्न सकिन्छ ।
मालासन
मालासन नर्मल डेलिभरीका लागि सबैभन्दा उपयुक्त आसन हो । यसलाई गर्भवती भएको दोस्रो महिनादेखि शुरु गरिन्छ ।
बद्धकोणासन
प्राकृतिक डेलिभरीका लागि यो आसन सबैभन्दा बढी आवश्यक हो । यो आसन गर्भवती भएको पहिलो तीन महिनादेखि शुरु गर्न सकिन्छ । पूरै ९ महिनाको गर्भ हुँदासम्म पनि यसलाई दैनिक २०÷३० पटकसम्म गर्न सकिन्छ ।
स्ट्यान्डिङ क्वाट्स
यो आसनलाई उभिएरै गर्न सकिन्छ । यसलाई दिनमा १५÷२० पटकसम्म गर्न सकिन्छ । स्ट्यान्डिङ क्वाट्स पेल्विक मसल्सको मजबुत राख्न मद्दत गर्दछ । यदि तपाई पहिलो पटक गरिरहुनभएको छ भने १० पटक नै गर्नुहोस् । विस्तारै यसको मात्रालाई बढाउँदै लैजान सकिन्छ । युटुयुवमा पाइने भिडियो हेरेर पनि यो आसनबारे सिक्न सकिन्छ ।