३० जेठ २०८३, शनिबार

रिक्सामा छुटेको ७ लाख रुपैयाँ राखिएको झोला चालकले गरे फिर्ता

मंसिर २४, २०७७
रिक्सामा छुटेको ७ लाख रुपैयाँ राखिएको झोला चालकले गरे फिर्ता
प्रतिकात्मक तस्वीर

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैयाँ सहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

सोमवार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकम सहितको झोला बर्माले मंगलवार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमवार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसा सहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सीसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नम्बरको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्सा चालक बर्मालाई सम्पर्क गरी रकम सहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन् । प्रविधिको प्रयोगबाट नगद सहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्