२६ असार २०८३, शुक्रबार

गणतन्त्र ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई बाबुरामको जवाफ : ‘बकवास नगर !’

मंसिर २४, २०७७
गणतन्त्र ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई बाबुरामको जवाफ : ‘बकवास नगर !’

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रलाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई अस्पताल नगएर धामीझाँक्री लगाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराई व्यंग्यात्मक सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझावः १. विज्ञान, प्रविधि र विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ २. अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ ३. गाडी नचढ, पैदल मात्र हिँड ४. विदेशी, मशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिँड ५. फोन, इन्टरनेट, टीभी प्रयोग नगर ! नत्र बकवास नगर !’

salt training

कमेन्ट गर्नुहोस्