२२ जेठ २०८३, शुक्रबार

व्यास नगरपालिकामा हिंसा पीडित कोष स्थापना

मंसिर २४, २०७७
व्यास नगरपालिकामा हिंसा पीडित कोष स्थापना
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिकाले १ लाख रुपैयाँको हिंसा पीडित कोष बनाएको छ ।

पीडित महिलाको अवस्था हेरेर १ देखि १० हजार रुपैयाँसम्म कोषबाट सहयोग गर्न सकिने छ ।

आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताइन् ।

कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उनले जानकारी दिए । नगर प्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

हिंसा पीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्