२३ जेठ २०८३, शनिबार

पर्यटन व्यवसाय चलायमान बनाउन ‘जाऔं है पोखरा अभियान’

मंसिर २४, २०७७
पर्यटन व्यवसाय चलायमान बनाउन ‘जाऔं है पोखरा अभियान’
फाइल फोटो

सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराले बुधवारदेखि ४ दिने ‘जाऔं है पोखरा अभियान’ शुरू गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले मंसिर २४ देखि २७ गतेसम्म ४ दिने भ्रमण कार्यक्रमको शुरूआत गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायी लगायतका सरोकार पक्षसँग अन्तर्क्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तर्क्रिया हुनेछ ।

संघले १८ वर्षदेखि सो अभियान शुरू गर्दै आएको छ । कोरोनाले सुस्ताएको  पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले बताए ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार  सहभागिता रहनेछन् । संक्रमण जारी रहे पनि कोरोना सँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔं है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्