०२ साउन २०८३, शनिबार

कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ सय ५० नाघ्यो

मंसिर २४, २०७७
कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ सय ५० नाघ्यो

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ५० नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितको संख्या भने १ हजार ५६ छ । यससँगै संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

यसमध्ये २ लाख ३० हजार ५ सय ३७ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जना निको भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्