०२ असार २०८३, मंगलबार

देशभरमा आज ३३० सङ्क्रमित आइसियुमा, सात हजार ६०९ होम आइसोलेशनमा

मंसिर २४, २०७७
देशभरमा आज ३३० सङ्क्रमित आइसियुमा, सात हजार ६०९ होम आइसोलेशनमा

देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

 आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।

    काठमाडौँ उपत्यकामा आज ४९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

    सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् ।

    देशभरमा गरी आज ३३० सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् ।     त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्