
पाकिस्तानको प्रमुख पत्रिका एक्सप्रेस ट्राइब्यूनले गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै भारतले किसान आन्दोलनबाट ध्यान हटाउन पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गर्न सक्ने भनी लेखेको छ ।
सेनाको सूत्रलाई उद्धृत गर्दै उसले लेखेअनुुसार, सर्जिकल स्ट्राइकको आशंका गर्दै पाकिस्तानले भारत सीमामा सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा राखिएको बताएको छ ।
पत्रिका लेख्छ, ‘भारतको हिन्दूत्ववादी नरेन्द्र मोदी सरकारले देशमा जारी विरोध प्रदर्शनलाई कमजोर बनाउन जे पनि गर्न सक्छ । सिख नेतृत्वमा भइरहेको किसानहरूको आन्दोलनले खालिस्तान अभियानलाई उत्प्रेरणा मिल्ने डर भारतलाई छ ।’
भारत र पाकिस्तानबीचको सीमामा पाकिस्तानी सैनिकहरूलाई उच्च सतर्क स्थितिमा राखिएको पनि उसले बतायो ।
पाकिस्तानको जियो न्युजले पनि भारतको कुनै सैन्य कारवाहीको आशंकाका कारण पाकिस्तानी सेनालाई उच्च सतर्क स्थितिमा रहन भनिएको खबर दियो । किसान आन्दोलन र लद्दाख सीमामा तनावका कारण भारत चरम दबाबमा रहेको र उसले जे पनि गर्न सक्ने भनी पत्रिकाले लेखेको छ ।