०४ असार २०८३, बिहीबार

बलात्कारपछि वृद्धाको हत्या अभियोगमा १ जना पक्राउ

मंसिर २५, २०७७
बलात्कारपछि वृद्धाको हत्या अभियोगमा १ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा १ वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै बिहीवार बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शंका लागेर केरकार गर्दा बिर्जा आफैंले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ । बुधवार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए ।

घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्