
जगदम्बा सिमेन्टले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विद्यार्थीहरुको शैक्षिक विकासका लागि सहयोग गरेको छ ।
कम्पनीले होस्टे हैसे नामक संस्थासंग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो ।
यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्रवृद्धि अन्तर्गत १०० जना भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो ।
जगदम्बा सिमेन्टका तर्फबाट कम्पनीका चीफ फाइनान्स एन्ड पर्चेज अफिसर सुनिल खेतानले सम्झौता पत्रमा हस्ताक्षर गर्दे चेक हस्तान्तरण गरेका थिए भने कम्पनीका बरिष्ट व्राण्ड प्रवन्धक जगन्नाथ दाहालले कम्पनीले आगामी दिनहरुमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गरे ।