
नेपालका लागी टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।
उक्त कार्यक्रम यहि मंसिर २६ देखि २७ गतेसम्म (११ डिसेम्बर देखि १२ डिसेम्बर, २०२०) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो ।
ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजार सम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।