०८ साउन २०८३, शुक्रबार

गैंडाको खागसहित पाँच जना पक्राउ

मंसिर २६, २०७७
गैंडाको खागसहित पाँच जना पक्राउ

प्रहरीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित पाँच जनालाई पक्राउ गरेको छ ।

खागको कारोबार भइरहेको भन्ने सूचनाका आधामार अपराध महाशाखाबाट खटिएको टोलीले स्यम्भूको किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना महिला पनि छन् । 

बिक्रीका लागि भनि कोठामा राखिएको अवस्थामा खाग बरामद गरिएको छ । 

पक्राउ पर्नेमा काठमाडौं–२३ का ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, २६ वषीय रामसिंह तामाङ र नुवाकोट मेघाङकी २२ वर्षीया महिला मुना तामाङ रहेको अपराध महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्