
पछिल्लो २४ घन्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार जनाएको छ ।
मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमित १२ हजार १ सय ४८ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ रहेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।