
भनिन्छ नि महिलाले चाहेमा पुरुषलाई जुनसुकै अवस्थामा पनि सडकमा ल्याउन सक्छन् । भारतमा एक यस्तै घटना घटेको छ । जहाँ युवतीहरुले आफ्नो सुन्दरताको आडमा हाइप्रोफाइल व्यक्तिलाई नराम्ररी फसाउन खोजेका छन् ।
लखनउ प्रहरीले यस्तै गिरोहको फर्दाफास गरेको छ । जो हनिट्रयापमा फसाएर फिरौती रकम माग्ने । प्रहरीले एक चिकित्सलाई अपहरण गरे फिरौती रकम माग्ने गिरोहलाई सार्वजनिक गरेको छ । एक डेन्टिस्ट यस्तै गिरोहको जालमा फसेका थिए ।
त्यसपछि भनेअनुसारको रकम माग गरियो । नदिए ज्यान मार्ने धम्कीसमेत दिए । प्रहरीले उन्नावमा बस्दै आएका २० वर्षीय सचीन राव र दिल्लीकी १९ वर्षीया निशुलाई पक्राउ गरेको छ । तर, आदिल, बलराम वर्मा, प्रवेश जयसवाल, नजर अब्बास र सनासमेत गिरोहका अन्य सदस्यहरु फरार भएका छन् ।
यसरी बिछ्याइयो जाल
डाक्टर सुशान्तलाई गल्फ सिटी सिटीको एक फ्याडमा मेडिकल भिजिटका लागि बोलाइयो । जहाँ उनलाई फकाएर सनाका साथमा हातपातको स्थिति बनाएर भिडियो रेकर्ड गरियो ।
त्यो भिडियोलाई लिएर उनीहरुले ब्ल्याकमेल शुरु गरे । एटीएम पिन बनाउन इन्कार गरेपछि डाक्टरलाई फ्ल्याटमै बन्धक बनाए र कुटपिट गरे ।
एडीसीपी एसएम कासिम आविदीका अनुसार आरोपीले चिकित्सकसँग फिरौतीस्वरुप ४८ लाख रुपैयाँ माग गरेका थिए । यदि रकम नदिए भिडियो क्लीप भाइरल गर्ने धम्की दिए । प्रहरीलाई खबर गरे घरमा रहेका बालबच्चा मार्ने धम्की दिए ।
चिकित्सक आफ्ना साथीहरुसँग रकम जुटाउने बाहनामा प्रहरीकहाँ पुगे । यद्यपि जब प्रहरीको एक टिम घटनास्थलमा पुग्यो, अपहरणकर्ता भागे । र चिकित्सकलाई प्रहरीले बचाएको छ । दुईजनालाई भने नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।
संयुक्त प्रहरी आयुक्त नीलाब्वा चौधरीले फरार भएका आरोपीमाथि २५ हजार रुपैयाँ नगद इनामको घोषणा गरिएको छ । प्रहरीले यस्ता गिरोहदेखि सावधान रहन पनि अनुरोध गरेको छ ।