०७ असार २०८३, आइतबार

यस वर्ष कुनै पनि फिल्ममा देखिएनन् यी एक्टर्स

मंसिर २८, २०७७
यस वर्ष कुनै पनि फिल्ममा देखिएनन् यी एक्टर्स

आमिर खान

यो वर्ष यसरी बित्छ भन्ने सपनामा पनि कसैले सोँचेका थिएनन् । विश्वभरका मानिसका लागि यो वर्ष निकै कष्टकर बन्यो । 

यस्तो अवस्थामा फिल्म क्षेत्रमा पनि ठूलै नोक्सान भएको छ । सिनेमाघर बन्द भएका कारण फिल्म रिजिल हुन सकेनन् । कैयौं फिल्म सुटिङ पनि हुन सकेका छैनन् । 

फिल्म दर्शकले यस वर्ष आफ्नो फेबरेट एक्टर्सको अभिनय पनि देख्न पाएनन् ।  बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान यस वर्ष आफ्नो फिल्म ‘लालसिंह चढ्डा’ मा देखिने थिए ।

तर, कोरोना भाइरसका कारण यो फिम्को सुटिङ नै पूरा हुनसकेन । समयमै पूरा नभएका कारण फिल्म रिलिजको समय सारिएको छ । अब यो फिल्म २०२१ को क्रिसमसमा हुने भएको छ । 


अनुष्का शर्मा 

अनुष्का शर्मालाई गतवर्ष आएको फिल्म ‘जिरो’मा देखिएको थियो । त्यसपछि उनले कुनै फिल्ममा साइन गरेकी छैनन् ।

यद्यपि उनी आफ्नो प्रोडक्सन हाउसमार्फत ठूलो योजनामा काम गरिरहेकी छन् । २०२० मा सबैभन्दा उत्कृष्ट वेश सिरिजमध्ये एक पाताल लोक उनले प्रोड्युस गरेकी थिइन ।

यसका साथै नेटफ्लिक्सको फिल्म बुलबुलको निर्माण पनि उनले गरेकी थिइन् । हिजोआज उनी आफ्नो हुनेवाला बच्चालाई ध्यान दिनमा व्यस्त छिन् । बच्चाको जन्मपछि फिल्ममा काम गर्ने उनले बताएकी छन् । 

रानी मुखर्जी 

रानी मुखर्जीको फिल्म बन्टी र बबली २०२० २ जुनमा रिलिज हुने भनिएको थियो । तर, कोरोना भाइरसका कारण यस फिल्मको पनि सुटिङ पूरा हुन सकेन ।

सिनेमाघर बन्द भएका कारण पनि उनको फिल्मको रिलिज समय सारिएको छ । यसैकारण यो वर्ष रानी मुखर्जीलाई पनि दर्शकले देख्न पाएनन् । 


कटरीना कैफ 

कटरीना कैफ यस वर्ष अक्षय कुमारसँग फिल्म सूर्यवंशीमा देखिने थिइन् । तर, उनी पनि कोरोनाकै कारण दर्शकमाझ फिल्ममा देखिन सकिइनन् ।

निर्देशक रोहित सेट्टीले आगामी वर्ष फिल्मघरमा रिलिज गर्ने बताएका छन् । यसका साथै कटरीना कैफको यस वर्ष अन्य कुनै प्राजेक्टमा काम भएको छैन । 

रणवीर सिंह 

रणवीर सिंहको फिल्म ८३ को सबैलाई पर्खाइ थियो । १० अप्रिल २०२० मा यो स्पोर्टस ड्रामा फिल्म रिजिल गरिने तयारी गरिएको थियो ।

तर, उनको फिल्म पनि कोरोनाकै चपेटामा पर्यो । रणवीरको फिल्म जयेशभाई जोदार पनि यस वर्ष रिलिज हुन सकेन । यसकारण रणवीरलाई पनि फिल्मी पर्दामा देख्न सकिएन । 

सलमान खान 

२०२० सायदै पहिलो वर्ष हो जब सलमान खानको कुनै पनि फिल्म वर्षभर रिलिज हुन सकेन । सलमानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ लाई इदमा रिलिज गर्ने तयारी गरिएको थियो ।

तर, कोरोनाका कारण सबै तयारी भए पनि रिलिज हुन सकेन । यो फिल्मको सुटिङ पनि सकिएको छ ।

तर, पोस्ट प्रोडक्सनको काम अझै जारी छ । अब यो फिल्म कहिले रिलिज हुन्छ भन्ने कुनै जानकारी दिइएको छैन । 

शाहरुख खान 

२०२१ मा फिल्म जिरोको असफलतापछि शाहरुख खानले कुनै पनि फिल्ममा साइन गरेका छैनन् । दर्शकलाई बलिउड बादशाहको फिल्मको निकै पर्खाई छ ।

यस वर्ष शाहरुख अन्य प्राजेक्टमाथि अनुमान लगाइएको थियो । अन्य कामका कारण फिल्ममा नदेखिएको हुनसक्ने अनुमान गरिएको छ ।

तर, उनले नयाँ कुनै प्राजेक्टमा काम गरिरहेको बारे कुनै जानकारी दिएका छैनन् । खबरअनुसार शाहरुख यशराजको फिल्म पठानमा देखिने भएका छन् । यसको औपचारिक घोषणा भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्