३० जेठ २०८३, शनिबार

खुकुरी रमले आयोजना गर्दै 'खुकुरी म्युजिक नेसन' प्रतियोगिता

मंसिर ३०, २०७७
खुकुरी रमले आयोजना गर्दै 'खुकुरी म्युजिक नेसन' प्रतियोगिता

खुकुरी रमले  अँग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहने खुकुरीले जनाएको छ ।

खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु– विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । 

यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष साँगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ ।

जनवरी १ तारिखमा सम्पन्न हुने साँगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । 

यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर सुश्री श्रीदाशाहले भने, “खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं ।'

salt training

कमेन्ट गर्नुहोस्