२२ असार २०८३, सोमबार

घट्यो सुनको मूल्य

मंसिर ३०, २०७७
घट्यो सुनको मूल्य

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

मंगलवार छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुनको मूल्य प्रति तोला ९१ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो । 

महासंघका अनुसार मंगलवार चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्