२८ जेठ २०८३, बिहीबार

अस्ट्रेलियामा सर्पको बिगबिगी, घरघरमा पसेर अत्याए (भिडियो)

मंसिर २२, २०७७
अस्ट्रेलियामा सर्पको बिगबिगी, घरघरमा पसेर अत्याए (भिडियो)

अस्ट्रेलियाको दक्षिणपूर्वी क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्समा आइतवार व्यापक पानी परेपछि सर्पको बिगबिगी भएको छ । 

उक्त क्षेत्रका बासिन्दालाई झ्याल बन्द गर्न र ढोका राम्ररी थुन्न चेतावनी दिइएको छ । मुसलधारे पानी परेपछि सर्पहरू झाडीबाट निस्केर मानिसको घरमा पस्न सक्ने भएकाले सुरक्षाको तयारी गर्न आदेश दिइएको हो । 

‘थोरै पानी पर्दा सर्पहरू भुइँमुनि लुक्न जान्छन् र पानी रहुन्जेलका लागि कुर्छन्,’ नूजामा बस्ने सपेरा ल्युक हन्टलीले बताए । 

‘तर अविरल वर्षा हुँदा सर्प लुक्ने प्वाल पानीले भरिन्छ र सर्पहरू बाहिर आउँछन् । अनि न्यानो र सुक्खा ठाउँको खोजीमा उनीहरू घरभित्र पस्छन्,’ उनले थपे । 

मानिसको घरमा सर्प पसेपछि उक्त क्षेत्रका सपेराहरूलाई बोलाउन थालिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

https://www.facebook.com/watch/?v=835219977255059

salt training

कमेन्ट गर्नुहोस्