×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट चुलिएको बेला प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकको पदबाट देव गुरुङको राजीनामा मागेका छन् ।

Muktinath Bank

मङ्सिर २८ गते ओलीले गुरुङलाई बालुवाटार बोलाएर राजीनामा मागेको स्रोतले दाबी गर्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'तपाईको भूमिका र नियत मलाई सहयोग गर्ने जस्तो देखिएन, त्यसैले प्रमुख सचेतकबाट राजीनामा दिनुस्,' ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
Nabil box
Kumari

स्थायी कमिटी बैठक सकेलगत्तै गुरुङलाई ओलीले बालुवाटार बोलाएका थिए ।

Vianet communication

ओलीले राजीनामा मागेपछि गुरुङले पार्टीको निर्णयअनुसार नै आफू प्रमुख सचेतक भएकाले यत्तिकै राजीनामा नदिने अडान लिएका थिए ।

गुरुङले विचार र सिद्धान्तका हिसाबले आफूले पक्षधरता लिएको भएपनि प्रमुख सचेतकका हिसाबले निभाउनुपर्ने कानूनी र संवैधानिक भूमिका आफूले निभाएको भन्दै आफ्नो बचाउ गरेका थिए ।

ओलीले राजीनामा मागेपछि गुरुङले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत नेताहरूलाई यसबारे जानकारी गराइसकेका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर आफूलाई असहयोग गर्दै आएको आरोप ओलीले गुरुङमाथि लगाउँदै आएका छन् ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदीय दलका मुख्य सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेको बेला पनि देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने चर्चा चलेको थियो ।

एमालेसँग पार्टी एकता हुनुअघि गुरुङ तत्कालीन माओवादी संसदीय दलको प्रमुख सचेतक थिए । पार्टी एकीकरणपछि तत्कालीन एमालेले संसदीय दलको नेता र तत्कालीन माओवादीले प्रमुख सचेतक लिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x