
चर्चित पोर्न वेबसाइट पोर्नहबले आफ्नो साइटबाट लाखौं भिडियो हटाएको छ । साइटमा भेरिफाई नभएका युजर्सका भिडियो हटाइएको हो । एक रिपोर्टअनुसार सोमबार क्यानडाको यस एडल्ट साइटमा भिडियोको संख्या एक करोड ३० लाखबाट घटेर ४० लाख भएको छ ।
पोर्नहबमाथि नाबालिका र यौन शोषणमा परेकी युवतीको भिडियो साइटबाट हटाउन असफल भएको आरोप लाग्दै आएको थियो ।
यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा ठूलो संख्यामा यो साइटमा आपत्तिजनक, गैरकानुनी भिडयो रहेको दावी गरिएको थियो ।
यसपछि दुई प्रमुख क्रेडिट कार्ड कम्पनी, भिजा र मास्टरकार्डले पनि पोर्नहबका लागि पेमेन्ट स्वीकार नगर्ने बताएका थिए ।
पोर्नहबमा अब बिना भेरिफिकेशनका युजर्स कन्टेन्ट अपलोड नहुने भएका छन् ।
कम्पनीले एक बयानमा भनेको छ, ‘साइटका सबै कन्टेन्टका लागि भेरिफिकेशनको सर्त लागू गरिएको छ । अन्य प्लेटफर्म जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युवले पनि यस्तो नियम लागू गरेका छैनन् ।’
रिपोर्टअनुसार पोर्नहबको फैसलाले लाखौं यौनकर्मी र मोडलको रोजीरोटीमा खतरा पैदा हुनसक्ने बताइएको छ । महामारीका कारण यसै पनि उनीहरु समस्यामै छन् ।
अहिलेसम्म यस बेवसाइटमा कुनै पनि युजर्स कन्टेन्ट अपलोड गर्न सक्दथे । पोर्न हबले अघि भनेको छ, ‘वेबसाइटलाई नीतिका सहायताले निशाना बनाइएको छ । किनकी यो एडल्ट कन्टेन्ट प्लेटफर्म हो ।’
एक रिपोर्ट अनुसार फेसबुकले आफैं पछिल्लो तीन वर्षमा बालबालिकाको यौन शोषणसँग जोडिएका ८ करोड ४० लाख सामग्री पाइएको छ । इन्टरनेट वाच फाउन्डेशनले यसै अवधिमा पोर्नहबमा भने ११८ यस्ता कन्टेन्ट पाइएको छ ।