१० साउन २०८३, आइतबार

अध्यादेश ल्याइएपछि कांग्रेस रुष्ट, संवैधानिक परिषद् बैठकमा देउवा पनि सहभागी नहुने

मंसिर ३०, २०७७
अध्यादेश ल्याइएपछि कांग्रेस रुष्ट, संवैधानिक परिषद् बैठकमा देउवा पनि सहभागी नहुने

अध्यादेशमार्फत संवैधानिक परिषद् बैठकमा कोरम पुर्‍याउन सजह बनाइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलवारको संवैधानिक परिषद् बैठकमा सहभागी नहुने भएका छन् ।

कोरम नपुगेको बिहानको बैठकमा देउवा सहभागी भएका थिए । 

मंगलवारको बैठकमा देउवा सहभागी नहुने उनीनिकट एक नेताले लोकान्तरलाई जानकारी दिए । अध्यादेश जारी भएपछि देउवाले निकटस्थ नेताहरूसँग कुरा गरेका छन् । 

कांग्रेस उपसभापति विमलेन्द्र निधिले अध्यादेश जारी गर्नुलाई सर्वसत्तावादी र अधिनायकवादी कामको संज्ञा दिएका छन् । 

‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो, संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो । घोर भत्र्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन,’ निधिले मंगलवार समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ । 

मंगलवारका लागि बोलाइएको बैठक सभामुखले बहिस्कार गरेपछि परिषद्को बैठकमा कोरम पुर्‍याउन सरकारले अध्यादेश ल्याएको छ । 

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेकी छिन् । 

रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि परिषद्को बैठक साँझ ५ बजे पुनः बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्