२४ जेठ २०८३, आइतबार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा जनार्दनको टिप्पणी - सत्ता स्वार्थको पराकाष्ठा किन ?

मंसिर ३०, २०७७
संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा जनार्दनको टिप्पणी - सत्ता स्वार्थको पराकाष्ठा किन ?

नेकपा नेता तथा पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले आज राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशलाई सत्ता स्वार्थको पराकाष्ठाको संज्ञा दिएका छन् । संवैधानिक परिषद्को वैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभए पछि सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । 

नेता शर्माले छलफल र सहमतिको बाटोभन्दा असहज बाटो सरकारले अपनाएको बताएका छन् । अध्यादेश जारी भएपछि ट्टीट गर्दै उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा लिन असफलताको बाटो बाहेक अरु हुन नसक्ने बताएका छन् । 

ट्वीटरमा उनले लेखेका छन्, ‘फेरि अध्यादेश ! सत्ता  स्वार्थको  परकाष्ठा किन  ?’ प्रधानमनत्री ओलीप्रति लक्षित गर्दै उनले हतास मनस्थितिबाट मुक्त हुँदै अध्यादेश तत्काल फिर्ता गर्न अनुरोध गरेका छन् । 

उनले ट्वीटरमा भनेका छन्, ‘छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’


 

salt training

कमेन्ट गर्नुहोस्