
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलाई अध्यादेशबारे प्रश्न गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि नेता नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
खुमलटारमा प्रचण्डले अध्यादेश किन ल्याउनुपरेको ? भन्दै नेम्वाङलाई प्रश्न गरेका थिए ।
नेम्वाङले यसबारे आफूले पनि धेरै नबुझेको जवाफ दिए ।
लोकान्तरसँग कुरा गर्दै नेम्वाङले भने, 'अध्यादेशबारे के कुरा हो भनेर प्रचण्डले सोध्नुभयो, मैले मलाई पनि खासै थाहा भएन । संवैधानिक परिषदको बैठक बस्नै अप्ठेरो हुने देखेर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु भएको होला, भनें ।'
नेम्वाङले पार्टीभित्रको समस्या हल गर्न दुई अध्यक्षबीच संवाद गर्नुको विकल्प नरहेको आफूले प्रचण्डलाई सुझाव दिएको बताए ।