×

NMB BANK
NIC ASIA

सरकारको सिफारिसमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका असन्तुष्ट नेताहरू कडा कदम चाल्ने निष्कर्षमा पुगेका छन् ।

Muktinath Bank

आफूअनुकूल संवैधानिक नियुक्ति गर्ने मनासयका साथ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएलगत्तै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच प्रचण्डनिवास खुमलटारमा छलफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

खुमलटार स्रोतका अनुसार भेलाले गत वैशाखमै सबैले विरोध गरेर फिर्ता गरिएको अध्यादेश पार्टीको स्थायी कमिटीको बैठक बसिरहेको बेला पार्टीसँग छलफल नगरीकन ल्याइएको र नियमित अधिवेशन बस्ने तरखरमा रहेको संसदलाई छलेर ल्याइएकाले अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको हो ।

Vianet communication

अध्यादेश फिर्ता नभए कठोर कदम चाल्ने निष्कर्षमा नेताहरू पुगेका छन् । भेलामा सहभागी एक नेताले भने, 'संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गर्दै ल्याइएको अध्यादेशले मुलुकलाई नै पछि धकेल्ने छ । यसलाई तुरुन्त फिर्ता लिनुको विकल्प छैन । प्रधानमन्त्रीले यसलाई फिर्ता लिन कदम चालेनन् भने हामीले कठोर निर्णय लिनैपर्ने हुन्छ ।'

उनले त्यो कठोर निर्णय के हो भन्नेबारे अहिल्यै केही भन्न नचाहेको बताए ।

पुस १ गते (भोलि) बस्न लागेको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल गर्ने नेताहरूको तयारी छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकान्तरसँग भने, 'हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेकाले प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । यो अध्यादेश फिर्ता लिनुको विकल्प छैन ।'

अध्यादेश जारी भएपछि संसदीय दलका उपनेता तथा ओलीनिकट मानिने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

नेम्वाङलाई प्रचण्डले अध्यादेश ल्याएर के गर्न खोजेको भन्दै प्रश्न गरे । जवाफमा यसविषयमा आफूलाई धेरै जानकारी नभएको बताएको नेम्वाङले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x