
लगानी बोर्डले सहजीकरण गरेका चार ठूला पूर्वाधार परियोजनाले बोर्ड कार्यालयमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेका छन् ।
वीरगन्ज र भैरहवामा निर्माण हुने बन्दरगाह, विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क र दमकमा बन्ने चीन–नेपाल मैत्री उद्योग पार्क परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्ड कार्यालयमा पेस भएको बोर्ड कार्यालयले जनाएको छ ।
वीरगन्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटी परियोजनाको अध्ययन प्रतिवेदन विकासकर्ता कम्पनी फ्ल्यास फ्रेट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो टर्मिनल इन्फ्रास्टक्चर प्रालिले मंगलबार बोर्ड कार्यालयमा पेस गरेको हो । यो कम्पनी र बोर्डबीच गत वर्ष मंसिर १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको हो । कान्तिपुर दैनिकमा खबर छ ।