०८ साउन २०८३, शुक्रबार

सरकारमाथि गरिएको अवरोधको परिणाम हो अध्यादेश: नेता भट्टराई

सरकारमाथि गरिएको अवरोधको परिणाम हो अध्यादेश: नेता भट्टराई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खिमलाल भट्टराईले सरमाथि अनेक किसिमले गरिएको अवरोधको परिणाम नै अध्यादेश भएको बताएका छन् ।

राष्ट्रियसभा सचेतकसमेत रहेका नेकपा केन्द्रीय कमिटी सदस्यसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दैै सरकारलाई बन्दी बनाउन खोजेपछि अध्यादेश आएको बताएका हुन् । 

उनले भनेका छन्, ‘संवैधानिक परिषद्को वैठक बस्न र महत्वपूर्ण संवैधानिक नियुक्तिहरु गर्न अवरोध सिर्जना गर्ने, सरकारलाई हातखुट्टा बाँधेर काम गर्न नदिने जस्ता गतिविधिकै परिणाम अध्यादेश हो ।’

साथै उनले अभिमन्यूलाई जस्तै घेराबन्दीमा सरकारलाई राखेको तर, आफूहरु नाराजुलुस, भेला र अन्तवार्ता दिँदै सरकारको आलोचना गर्न नछाडेको प्रचण्ड–नेपालालाई आरोप लगाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै उनले भनेका छन्, ‘यस किसिमको सरकारलाई गरिएको आन्तरिक र बाह्य गम्भीर अवरोधको परिणाम हो संवैधानिक परिषद् संबन्धी अध्यादेश ।’

साथै उनले लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणको निम्ति संबैधानिक अंगहरूको यथोचित व्यवस्था हुनु अनिवार्य भएस्को र त्यसैको परिणामका रुपमा अध्यादेश आएको दावी गरे । 

साथै उनले पार्टीभित्रबाटै सरकार र देशलाई बन्दक बनाउने प्रवृत्तिकाविरुद्ध मार्ग प्रशस्त गरेको पनि बताएका छन् ।

‘संविधानको व्यवस्था, देश र जनताको वृहत्तर हितमा यो अध्यादेश आएको छ । सरकारको बोल्ड निर्णयलाई साथ दिऔं’, उनले भनेका छन् ।   

जनताले सुम्पिएको अभिभारा पूरा गर्न संयमित बन्दै फेरि पनि पार्टीभित्र सद्दृढ एकताको निम्ति पहल गर्न सबैलाई अनुरोध गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्