२४ असार २०८३, बुधबार

स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-प्रचण्ड 'वान टु वान' वार्ता

स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-प्रचण्ड 'वान टु वान' वार्ता

नेकपा स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बालुवाटारमै बस्दैछ । 

स्थायी कमिटी बैठकअघि प्रचण्डले ओलीसँग पछिल्लो अध्यादेश प्रकरणबारे कुरा गर्न खोजेको उनीनिटक एक नेताले लोकान्तरलाई जानकारी दिए । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्डले त्यो खारेज गर्नुपर्ने माग गरेका थिए ।

अध्यक्ष ओलीले बुधवारको स्थायी कमिटी बैठक स्थगित गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेका थिए । 

अध्यादेशपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यसअघि गत २८ गते बसेको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर बुधवारसम्मका लागि स्थगित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्