११ साउन २०८३, सोमबार

नाङ्गो तस्वीरका कारण विवादमा तानिए मिलिन्द सोमन

पुस १, २०७७
नाङ्गो तस्वीरका कारण विवादमा तानिए मिलिन्द सोमन

अभिनेता तथा मोडल मिलिन्द सोमनको सञ्चारमाध्यममा चर्चामा रहने क्रम जारी छ ।

कहिले उनी आफ्नो फिटनेशका कारण त कहिले उनको तस्वीर खिच्ने शैलीका कारण प्रायः सञ्चारमाध्यममा छाइरहन्छन् । 

हालै सामाजिक सञ्जालमा मिलिन्दले एक फोटो शेयर गरेका छन् । जो केही दिनमै भाइरल बनेको छ ।

उनीविरुद्ध अभद्रता फैलाएको आराउमा गुनासो दर्ता भएको पनि खबर आएको छ । मिलिन्दको सामाजिक सञ्जालमा नाङ्गो तस्वीर भाइरल भइरहेको छ । 

यस तस्वीरमा समुद्री तटमा उनी बिना कपडा दौडिरहेका छन् । प्रशंसकलाई त यो तस्वीर मन परेको छ तर समाजको एक तप्का यस्तो तस्वीरलाई स्वीकार गर्दैन । 

यसैकारण उनीविरुद्ध सामाजिक सञ्जालमा बहिस्कारको अभियान चलाइएको छ । सामाजिक सञ्जालमा मिलिन्दलाई ट्रोलको सामना गर्नुपरिरहेको छ । 

पहिलोपटक उनले आफूविरुद्ध गरिएको ट्रोलको प्रतिक्रिया दिएका छन् । 

उनले एक न्यूज पोर्टलको अन्तवार्ताबमा यस विषयमा बताएका छन् । आफूविरुद्ध कुनै गुनासो दर्ता भएको आफूलाई जानकारी नै नभएको बताएका छन् ।

उनी भन्छन्, ‘मलाई यस्तो कुनै गुनासोबारे जानकारी छैन । कसैले मलाई यसबारे बताएको छैन । मसँग आधिकारिक रुपमा कुनै पत्र पनि आएको छैन ।’ 

साथै आफ्नो नाङ्गो फोटोबारे मिलिन्दले भने, ‘नाङ्गो फोटो त मैले धेरै वर्षदेखि खिच्दै आएको छ । जब मैले पहिलोपटक नाङ्गो फोटो शुट गरेको थिएँ । त्यसबेला त खबरमा अब नयाँ रिएक्सन देख्न पाइनछ ।’

उनले आफ्नो बचाउन गर्दै सबैलाई भगवनाले नाङ्गो नै बनाएका छन् । ‘नाङ्गो मान्छे कस्तो हुन्छ ? हामी सबैलाई भगवानले यस्तै बनाएका छन् । हामीले यस्ता कैयौं मानिसको तस्वीर इन्टरनेटमा देखेका छौं । सबैको आफ्नो सपना हुन्छ ।’

यस विषयमा उनकी पत्नी पनि उनको साथ छिन् । उनले आफ्नो पतिका यस्ता हर्कतमा सँधै बचाउ गर्दै आएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्