२७ जेठ २०८३, बुधबार

फिल्ममा अभिनयको अफर आयो अरमानलाई

पुस १, २०७७
फिल्ममा अभिनयको अफर आयो अरमानलाई

नयाँ पुस्ताका सिंगर स्टार अरमान मलिकले आफूलाई अभिनयका लागि अफर आएको बताएका छन् । उनले भने, ‘मलाई अभिनय गर्नका लागि कैयौं प्रस्ताव आइरहेका छन् ।’
यद्यपि प्रस्ताव चित्त बुझेपछि मात्रै आफूले यसरबो सोँच्ने बताएका छन् । 

अरमानले एक अन्तवार्ताका क्रममा भने, ‘मेरो म्यूजिक भिडियो देखेपछि कैयौंले मलाई सम्पर्क गरेका छन् । उनीहरु आफ्नो फिल्ममा काम गरिदेओस भन्ने चाहान्छन् ।’

उनले आफू अहिले नै आधा अधुरो मनले काम गर्न नचाहेको बताएका छन् ।

‘मैले बाल्यकालदेखि नै म्यूजिक भिडियो सिकिरहेको छु र अभिनय गर्नका लागि मात्रै काम गर्न चाहान्न । फिल्ममा आउनुअघि राम्रोसँग तयार हुन चाहान्छु ।’

उनले फिल्ममा अभिनयका लागि नृत्य र एक्सन महत्वपूर्ण भएको तर, आफू अहिले त्यसका लागि तयार नभएको बताएका छन् ।

यसकारण पहिले आफूलाई फिल्ममा गर्ने अभिनयका लागि तयार हुन व्यस्त रहेको बताएका छन् । 

उनले भने, ‘अहिले मेरो पूरा समय संगीतकै लागि हो । यदि कुनै चित्तबुझ्दो प्रस्ताव आयो भने, वेब सिरिज या फिल्म जहाँ संगीतकारको भूमिका हुन्छ, त्यहाँ काम गर्नसक्छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्