
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् ।
पार्टीभित्र र प्रतिपक्षी दल लगायतबाट विरोध भएपछि ओली अध्यादेश फिर्ता गर्न तयार भएका हुन् ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधवार भएको दोस्रो छलफलपछि अध्यादेश फिर्ता गर्न ओली सहमत भएका हुन् । यसअघि गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएर फिर्ता गरेको थियो ।
मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि मंगलवार नै संवैधानिक परिषद्को बैठक बसेको थियो । अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परिषद्को बैठकमा सहभागी भएको थिएन । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले औपचारिक रूपमा जानकारी गराएपछि मात्र अध्यादेश फिर्ता हुनेछ ।