
कोकाकोला नेपालको लागि बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियनको अनुदान प्रदान गरिएको छ ।
अनुदान ‘नेपाल ऊर्जा दक्षता कार्यक्रम’को एक हिस्सा हो, जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो ।
बोटलर्स नेपाल लिमिटेडले आफ्ना २ प्रमुख पहलको आधारमा अनुदान प्राप्त गर्यो, जसअन्तर्गत भीएफडी अनुकूलतासहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछ । यी पहलहरूको मौलिक उद्देश्य कोका—कोलाको २०२० सम्ममा कार्बन फुटप्रिन्ट २५% मा घटाउने विश्वव्यापी स्थिरता उद्देश्यद्वारा संचालित थियो ।
‘नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानीत पुरस्कार पाउँदा हामी खुशी छौं । हामीले हाम्रो आपूर्ति श्रृंखलामा महत्त्वाकांक्षी लक्ष्यहरू राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोणलाई समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘यस्तो मान्यताले हाम्रो टोलीलाई हाम्रो विश्वव्यापी स्थिरता पहलमा प्रतिबद्ध रहन प्रेरित गर्दछ ।’
बोटलर्स नेपाल लिमिटेड काठमाडौं र भरतपुर दुवै उत्पादन केन्द्रहरूमा ऊर्जा दक्षताका लागि प्रयासरत रहेको र सम्पूर्ण मूल्य श्रृंखलामा उर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरूमार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको जनाइएको छ ।

वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।