
मेमोरी पावरका गिनिज वर्ल्ड रेकर्ड होल्डर अर्पण शर्मा नेपाल जेसिस 'उत्कृष्ट युवा- २०२०' घोषित भएका छन् ।
यससँगै उनलाई स्वर्ण पदक र नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपाल जेसिसको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा शर्मालाई सम्मान गरिएको हो ।
'देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत श्री अर्पण शर्मा (कट्टेल)ज्यूलाई नेपाल जेसिस वर्ष-२०२० को उत्कृष्ट युवा छनोट समितिद्वारा नगद तथा स्वर्णपदकसहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरिएको छ,' सम्मानपत्रमा भनिएको छ ।